प्रशिक्षक खोज्दै क्यान: को आउँदै छ नेपाली टिमको प्रशिक्षक बनेर?

पहिलोपोष्ट

काठमाडौँ

मुकुन्द घिमिरे

अघिल्लो वर्ष माघ २२ गते नेपाल, ओमन र अमेरिकाबीच लिग २ अन्तर्गतको खेल तय थियो। नेपाली टिमका लागि घरेलु मैदानमा पहिलो ओडिआई सिरिजको। 

तर, त्यसको २ दिन अघि चर्चा चल्यो प्रशिक्षक उमेशपटवालको राजीनामाको। नेपाल क्रिकेट संघ क्यानको निलम्वन फुकुवा नहुँदै नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा आएका पटवालले सिरिज सकिएपछि लागू हुनेगरीको राजीनामा दिए। त्यसको पछि करको विषय भएको बताइए पनि उनले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताए।

त्यसयता क्यान खोजीमा उत्रियो नेपाली टिमका लागि एक उपयुक्त प्रशिक्षकको। यसैबीच नेपालले एउटा सिरिज पनि खेलेको थियो। जसमा जगत टमाटाले प्रशिक्षकको भूमिका निभाएका थिए। 

त्यसयता कोरोनाको महामारी चल्यो। लकडाउन गरियो। खेलाडीको प्रशिक्षण पनि रोकियो।

प्रकाशित मिति: : 2020-06-12 07:39:53

प्रतिकृया दिनुहोस्