३० हजार मानिसमा कोरोना भाइरसविरुद्धको अन्तिम चरणकाे खोप परीक्षण गर्दै मोदेर्ना

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकन औषधि उत्पादक कम्पनी मोदेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको बिस्तारित वृहत परीक्षण गर्ने भएकाे छ।

स्वीडिस औषधि उत्पादक लोन्जासँगको सहकार्य गरिरहेको मोदेर्नाले बनाएको खोपको दुई चरणको परीक्षणकाे रिपाेर्ट नतिजा सकारात्मक आएपछि याे निर्णय गरिएकाे हाे। मोदेर्नाले अब सो खोप वृहत अर्थात अन्तिम चरणको परीक्षण गर्ने जनाएको छ। 

मासाचुसेट्सको क्याम्ब्रिजमा रहेको बायोटेक कम्पनी मोदेर्नाले बिहीबार एक पत्रकार सम्मेलन गर्दै खोपको परीक्षण आउँदो जुलाईदेखि सुरु गर्ने तयारी रहेको जानकारी दिएको छ। 

मोदेर्नाले अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको जनाएको छ। यो डोजले व्यक्तिको प्रतिरोधात्मक क्षमता बढाउने र गम्भीर साइड इफेक्ट्स नहुने जनाइएको छ। साथै सम्भावित खोप सुरक्षति र प्रभावकारी देखिएको मोदेर्नाले जनाएको छ।

मोदेर्नाका अनुसार अन्तिम चरण अर्थात तेस्रो चरणको परीक्षणमा खोपको डोज लिन स्वतन्त्र रुपमा ३० हजार मानिस सहभागी हुने छन्।

तेस्रो चरणको परीक्षणका लागि चाहिने सबै खोप उत्पादन भइरहेको मोदेर्नाले जानकारी दिएको छ।

मोदेर्नाले यो चरणको अध्ययनको प्राथमिक उद्देश्य कोरोनाका कारण लाग्ने लक्षणयुक्त कोभिड–१९ बाट जोगाउने रहेको जनाएको छ।

यस्तै यो खोपले गम्भीर रोग लाग्नबाट जोगाउने पनि दाबी गषरेको छ। साथै खोपले काम गरे लाखौं मानिस अस्पताल जान नपर्ने अवस्था आउनले उसले जनाएको  छ।

मोदेर्नाले प्रति वर्ष खोपको ५० करोड थान खोप आपूर्ति गर्ने र सम्भव भएसम्म सन् २०२१ को सुरुसम्ममा प्रति वर्ष एक अर्ब खोप उत्पादन गर्न सक्ने गरी काम भइरहेको उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2020-06-12 05:58:17

प्रतिकृया दिनुहोस्