रोग प्रतिरोधात्मक क्षमताबारे प्रधानमन्त्री : तथ्य र तथ्यांक दुवैमा गलत

सोनी शाही

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी भएकै कारण कोरोनाको प्रभाव कम भएको भन्ने भनाई तथ्य र तथ्यांक दुवैमा गलत भएको पुष्टि भएको छ।

जनस्वास्थ्यका विज्ञहरुले कोरोनाको प्रभाव कम हुनु रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले भन्ने भनाई तथ्यपरक नभएको बताएका छन्।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोल बाहिरबाट नेपाल आएका युवाहरुमा बढी कोरोना संक्रमण देखिएकाले त्यसको असर कम देखिएको बताउँदै प्रतिरोधी क्षमताका कारण नभएको बताउँछन्। ‘अहिले धरैजसो युवाहरुमा कोरोना संक्रमण देखिएको हुँदा गम्भीर बिरामी कम भेटिएको हो’ डा. बाँस्तोलाले काठमाडौं प्रेससँग भने ‘तर सावधानी नअपनाउने हो भने विस्तारै समुदायमा कोरोना फैलन गई महामारीको रुप लिन सक्ने सम्भावना छ। प्रतिरोधी क्षमताले कम भएको होइन।’

प्रकाशित मिति: : 2020-06-11 21:02:20

प्रतिकृया दिनुहोस्