बिएल संवाददाता
गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोनाभाइरसको लक्षण हुन सक्ने भारतीय अनुसन्धानकर्ताहरूले बताएका छन्।
भारतीय मेडिकल रिसर्च काउन्सिल ९आईसीएमआर०ले धेरै विरामीमा यी दुई लक्षण पनि दलेखिएकाले यसमाथि अनुसन्धान गर्ने बताएको छ।
नाम न छाप्ने सर्तमा एक सदस्यले भने, ‘यो मुद्दामा अहिले छलफल भइरहेको छ, कुनै निर्णय भएको छैन।’
उनका अनुसार ज्वरो, खोकी, सास फेर्न गाह्रो जस्ता लक्षणहरू पहिलो पटक जनवरीमा कोारोना परीक्षण गर्दा संक्रमणको मुख्य लक्षण भएको बताएको थियो। पछि मेमा विरामीहरूमा झाडापखाला र बान्ताको लक्षण पनि थपियो।
अहिले कोरोना परीक्षण गर्नुभन्दा अगाडि मुख्य १३ लक्षण भए नभएको सोध्न गरिन्छ। उनीहरुमा ज्वरो, खोकी, पखाला, बान्ता, पेट दुखाइ, सास फेर्न, निमोनिया, छाती दुख्ने, शरीर दुखाइ, घाँटी दुखाइ, नाकबाट सिधान झर्ने लगायत लक्षण देखिएमात्रै कोरोना परीक्षण गर्ने गरिन्छ। अब सुँघ्ने क्षमता र जिब्रोको स्वाद गुमाउने जस्ता लक्षणहरू देखिएपनि कोरोना परीक्षण गर्नुपर्ने छ। अर्थात अब कोरोना भए नभएको थाहा पाउन १५ विषयबस्तुको परीक्षण गर्नुपर्ने छ।
अप्रिलमा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका धेरै देशहरूसँग मिलेर यस अज्ञात रोगको प्रमुख लक्षणहरूमा गन्ध र स्वादको कमीलाई पनि जोडेको थियो। बेलायतले यसलाई १८ मेमा कोभिड १९ को मुख्य लक्षणबाको सूचीमा थप्यो। एक मेडिकल पत्रिकाको आधार मान्ने हो भने समुदाय संक्रमण फैलिनबाट रोक्न यो लक्षणले पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
भारतमा कोभिड बिरामीहरूको उपचार खटिएका चिकित्सकहरुका अनुसार यी दुई लक्षणलाई पनि समावेश गर्ने हो भने कोरोना संक्रमित परिचाहन गर्न थप सजिलो हुनेछ।
गुरुग्राम मेदान्ता अस्पतालका डा यतीन मेहता भन्छन्, ‘जसले गन्ध लिन वा स्वाद चाख्ने आफ्नो क्षमता गुमाउँछन् उनीहरू ठूलो संख्यामा आफ्नो टेस्ट गराउन चाहन्छन्। यद्यपी ज्वरो, घाँटी दुखाइ र खोकीका बिरामीलाई यी व्यक्तिहरूसँग तुलना गर्न सकिदैन।’
तर उनले कोरोना संक्रमितमा यी लक्षणहरू पनि देखिएकाले परीक्षण मापदण्डको सूचीमा समावेश गर्नुपर्ने बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया