नेपालमा चिनियाँ सेना : हल्ला कि सत्यता ?

रातोपाटी

काठमाडौँ

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले अप्रत्याशित सोधे– ‘चीनबाट चिकित्सकसँगै जनमुक्ति सेना ल्याउन लागिएको छ, होइन ?’ उनले महामारी नियन्त्रणका नाममा चिनियाँ सेना ल्याउँदा नेपाल रणभूमि बन्नसक्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको ध्यानाकर्षण गराए ।

‘कालापानीमा सेना दौडिएको छ, सगरमाथामा दौडिएको छ, अब तराईका जिल्लामा सेना दौडियो भने हामी रणभूमि बन्नेछौं , मन्त्रीज्यूले स्थानीय सरकारको अधिकारको रक्षा गर्नुहुनेछ,’ उनले भने ।  

जवाफमा मन्त्री त्रिपाठीले सेना ल्याउने विषय अस्वीकार गरे । उनले चीनबाट चिकित्सक समेत नल्याउने बताए । नेपाली चिकित्सक र स्वास्थकर्मीप्रति विश्वास भएकाले कहीँ कतैबाट चिकित्सक ल्याउन जरुरी नरहेको उनको धारणा थियो ।

कोरोना नियन्त्रणका लागि चिनियाँ जनमुक्ति सेनाको मेडिकल टोली ल्याउने विषयमा नेकपाभित्र छलफल चलेको समाचार ७ जुनमा भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’ माप्रकाशित भएको थियो । त्यसपछि यस विषयले नेपालको संसदमा समेत प्रवेश पाएको हो । 

प्रकाशित मिति: : 2020-06-10 07:20:36

प्रतिकृया दिनुहोस्