लडकडाउनबीच १२ सय आयोजनामा प्रगति

जीवन बस्नेत

कोभिडको त्रास र जनशक्तिको अभावबीच विकास आयोजनाको काम अघि बढेको छ । मन्त्रालयहरूले आयोजनालाई र आयोजनाले ठेकेदारहरूलाई काम अघि बढाउन निर्देशन दिएपछि औसतमा ३० प्रतिशत मजदुर काममा फर्किएका छन् । लकडाउन खुकुलो हुँदै जाँदा आयोजनाले गति लिने सरकारी अधिकारीहरूको भनाइ छ । 

लकडाउनले रोकिएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण पुनः सुचारु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा रहेको नौ सय ४६ किलोमिटर लामो यस आयोजनाको बर्दिबास–निजगढ (७० किमि) खण्डमा पुनर्निर्माण थालिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । अहिले यस खण्डमा पर्ने पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ । ‘धेरै मेसिनको प्रयोग हुने र थोरै जनशक्तिबाट पनि काम हुने भएकाले यस खण्डमा पर्ने १६ वटा पुल निर्माण पनि तीव्र गतिमा भइरहेको छ,’ उनले भने ।

प्रकाशित मिति: : 2020-06-09 08:06:58

प्रतिकृया दिनुहोस्