मेरो नाम करुणा थापा हो। मेरो उमेर १८ वर्षको हो र म टिकाथली, ललितपुरमा बस्छु। म अहिले कक्षा ११ मा किष्ट कलेजमा पढिरहेको छु। मेरो जन्म बिराटनगरमा भएको थियो। जन्मदेखि नै मलाई कान नसुन्ने समस्या देखा पर्यो। सानो उमेरदेखि नै मैले अरुले बोलेको राम्रोसँग सुन्दिनथे।
हातको इशारा र ओपनसिन्क (lip-sync) (Lip Reading) हेरेर अरुले के भन्न खोजेको म बुझ्ने कोशिश गर्थेँ। म ६ बर्षको हुँदा मेरो बाबाले मलाई कानमा लगाउने हेरिङ एड (Hearing Aid) किनिदिनु भयो। त्यो लगाएपछि मैले अलि अलि सुन्न थालेँ। मेरो मामुले मलाई बोल्न र हातको ईशारा बुझ्न सिकाउनु हुन्थ्यो। मामुले मलाई स्पिच थेरापीको लागि अस्पताल लग्नु हुन्थ्यो। थेरापी र मामुको सिकाइले मेरो सुन्ने र बुझ्ने क्षमता बढ्दै गयो।
यसरी थेरापी र सिकाइको आधारमा मैले बिद्यालय जान थालेँ। सानो कक्षामा म अरु साथीहरुसँग खेल्न जान्थेँ। गफ गर्न खोज्थेँ तर उनीहरुले मेरो बोली प्रष्ट नभएकाले बोलेको आवाज बुझेनन् र मैले पनि बुझिन्। त्यसले गर्दा मलाई साह्रै नराम्रो लाग्थ्यो। म मेरो दादासँग एउटै स्कूलमा नर्सरी देखि १ कक्षासम्म पढेँ। दादा हुँदा मलाई सपोर्ट हुन्थ्यो।