कोही डाक्टर घरै जाँदैनन्, जानेले पनि छोराछोरी समाउन पाउँदैनन्

सेतोपाटी

काठमाडौँ

भगवती पाण्डे

अचेल पाँच वर्षको छोरा ढोकानजिकै आएर हेरिरहँदा उनलाई काखमा लिएर उचालौंजस्तो लाग्छ। पहिला-पहिला दिनभरि ड्युटीमा व्यस्त रहे पनि उनी साँझ-बिहान छोराछोरी खेल्थे, परिवारसँग बसेर रमाइलो गर्थे, सँगै खाना खान्थे। छोराछोरीलाई दाँयाबाँया राखेर सुस्ताउँदा पनि दिनभरिको थकान मेटिएजस्तो हुन्थ्यो।

अहिले उनलाई यी सबै कुरा गर्न छुट छैन। पछिल्लो दुई महिना यता उनी र उनको परिवारलाई यी सबै कुरा गर्न भौतिक दूरीले छेकिदिएको छ।

आठ वर्षदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत  डाक्टर सुदर्शन थापा साढे दुई महिनायता बुटवल कोरोना आइसोलेसन अस्पतालको फोकल पर्सन रूपमा काम गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-06-07 20:46:27

प्रतिकृया दिनुहोस्