सीमा विवादबारे भारत : कोरोना कहरकै बीच चीनसँग वार्ता, नेपालसँग आलटाल !

रातोपाटी

काठमाडौँ

भारतले नेपालसँगको सीमा विवादलाई ‘समाधान गर्नुपर्ने विषय’का रुपमा नलिएको त होइन भन्ने आशंका बढ्न थालेको छ । नेपालले सीमा विवादका बारेमा वार्ताका लागि पटक पटक प्रस्ताव गरे पनि भारतले ‘कोभिड–१९’ को महामारी सकिएपछिमात्र छलफल गर्ने जवाफ दिएको छ । पछिल्लो समय दुई देशबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभागका बारेमा विवाद चुलिएकोमात्र होइन, यी भूभागलाई नेपाल र भारतले आ–आफ्नो नक्सामा समेटेका छन् ।

यो अवस्थामा समाधानका लागि वार्ता नै उपयुक्त विकल्प रहेको विज्ञहरु बताउँछन् । तर वार्ताका लागि नेपालले गरेको प्रस्तावलाई भारतले टार्दै आएको छ । भारतले यसअघि नै नेपालसामु वार्ताका लागि शर्त राखिसकेको छ । शर्तका रुपमा भारतले घुमाउरो पाराले नेपालद्वारा जारी नक्सा फिर्ता लिन दबाब दिएको देखिन्छ ।

प्रकाशित मिति: : 2020-06-07 20:41:54

प्रतिकृया दिनुहोस्