सत्तारुढ सांसदबाटै सरकारको आलोचना - ‘लिपुलेकमा बजेट खोइ ?’

बाह्रखरी

काठमाडौँ

जगन्‍नाथ दुलाल

प्रतिनिधिसभाका सांसदहरुले नेपालको नक्सामा समेटिएको भारतबाट अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानीमा बजेट छुटयाउन माग गरेका छन् ।  उनीहरुले मन्त्रालयहरुका विकास योजनामा ती क्षेत्रमा बजेट नछुटयाइएको भन्दै सरकारको आलोचना गरेका छन् । यसरी आलोचना गर्ने प्रतिपक्षी मात्र होइन सत्तारुढ दल नेकपाकै सांसदसमेत रहेका छन् । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रालयका बजेट हेर्दा कतै पनि ती क्षेत्रमा बजेट छुट्याएको नपाइएको बताए ।  

“कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समाहित गरिएको छ । संसदको लोगोमा पनि हामीले त्यसलाई परिष्कृत गरेका छौं,”उनले भने, “तर, सरकारको सबै मन्त्रालयको बजेटमा हेर्‍यौं हामीले । रक्षा, ऊर्जा, गृह मन्त्रालयको बजेटमा हेर्‍यौं कहीं पनि त्यहाँको लागि बजेट छुटयाएको छैन । के कागजमा मात्र फिर्ता ल्याउन खोजेको हो ?” 

प्रकाशित मिति: : 2020-06-07 19:09:20

प्रतिकृया दिनुहोस्