‘युएईबाट छुट्टी मनाउन आएको थिएँ, लकडाउनले काठमाडाै‌ंमा अलपत्र परेपछि हाेटलको छतबाट हाम फालें’

काठमाडौंप्रेस

काठमाडाै‌ं

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लामो लकडाउनका कारण उत्पन्न सकसले कतिपयलाई मानसिक समस्या हुन थालेको छ। जसले गर्दा दैनिकी समस्यासँग जुध्न नसक्दा आत्महत्याको बाटो रोज्न थालेका छन्।

यस्तै मध्येका एक हुन्, दैलेखका २९ वर्षीय डम्बरबहादुर सुनुवार। लकडाउनले उनलाई पनि बाँच्न गाह्रो बनायो। जसले गर्दा उनले होटलको छतमा गएर हाम फाले।

उनी ६ वर्षदेखि युएईस्थित एक कम्पनी काम गरिरहेका थिए। उनलाई त्यो कम्पनी छोडेर अर्कोमा काम गर्न मन लाग्यो। ‘अर्को भिसा अप्लाई गरेँ, एक साता छुट्टी मिल्यो,’ डम्बरले भने, ‘छुट्टी मनाउन नेपाल फर्किएँ।’

गत २५ फागुन अर्थात मार्च ८ मा उनी युएईबाट एक साताका लागि स्वदेश फर्किका थिए। काठमाडौं ओर्लिएपछि नयाँ बसपार्कस्थित पोखरा गेस्ट हाउसमा बस्न थाले। ‘घर पुग्नका लागि धेरै समय लाग्ने भएकाले काठमाडौंमा नै बसेँ,’ उनले भने।

प्रकाशित मिति: : 2020-06-07 17:27:03

प्रतिकृया दिनुहोस्