सुदूरपश्चिमका चर्चित बरिष्ठ अधिवक्ता थानेश्वर भट्ट रहेनन्

सुदूरपश्चिमका चर्चित बरिष्ठ अधिवक्ता थानेश्वर भट्टको ७० वर्षको उमेरमा हृदयघातबाट आज निधन भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ जानकी टोलस्थित घरमा योग गर्दा गर्दै हृदयघात भएर ढलेका भट्टको बिहान साढे ८ बजे मृत्यु भएको हो ।

हरेक दिन बिहान नियमित रुपमा योग गर्ने भट्ट साढे ८ बजेसम्म पनि योगा गर्ने कोठाबाट ननिस्किएपछि परिवारका सदस्य योगा गर्ने कोठाभित्र हेर्न जाँदा भट्ट ढलेको अवस्थामा भेटिएका थिए। तत्काल उनलाई उपचारका  लागि महाकाली अस्पतालमा लगियो। जहाँ चिकित्सकले भट्टलाई मृत घोषणा गरेका थिए।

अस्पताल पुर्‍याउनु अघि नै भट्टको मृत्यु भएको बताईएको छ ।

उनी सुदूरपश्चिमको मात्र नभएर काठमाडौं उपत्यका भन्दा बाहिरको पहिलो बरिष्ठ अधिवक्ता हुन्।

मृतक भट्टका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

बरिष्ठ अधिवक्ता भट्टको निधनले सुदूरपश्चिममा कानुन व्यवसायीहरुले एउटा कुशल, निर्भिक र ईमान्दार अभिभावक गुमाएको अधिवक्ता गम्भीर सिंह ऐरले बताए ।

सुदूरपश्चिम प्रदेश सभा नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बरिष्ठ अधिवक्ता थानेश्वर भट्टको निधनले अत्यन्त मर्माहित भएको बताएका छन् ।

प्रकाशित मिति: : 2020-06-07 13:44:16

प्रतिकृया दिनुहोस्