कोरोना भाइरसको महामारीलाई रोक्न विश्वभरका वैज्ञानिकहरूले खोप तयार पार्न कडा मेहनत गरिरहेका छन्। विज्ञहरू भन्छन,‘ वैज्ञानिकहरूले कोरोना भाइरस खोपको लागि अनुसन्धान गरिरहेका गति असाधारण छ।’
हामीले यो बिर्सनु हुँदैन कि खोपको विकासमा वर्षौं र कहिलेकाही दशकौं लाग्छ। उदाहरणको लागि हालसालै स्वीकृत गरिएको इबोला भ्याक्सिन विकसित हुन वर्षै लाग्यो। र, यो कुरा यथार्थ हो, खोपको विकासको प्रक्रिया धेरै चरणहरूमा हुन्छ। पहिलो चरण प्रयोगशालामा छ, त्यसपछि जनावरहरूमा परीक्षण हुन्छ।
यदि प्रयोगको क्रममा यो खोप प्रयोग गर्न सुरक्षित छ र रोग प्रतिरोधात्मक क्षमता देखा पर्न देखिन्छ भने, त्यसपछि परीक्षण मानवमा सुरु हुन्छ।
मानवमा परीक्षणको प्रक्रिया पनि तीन चरणमा पूर्ण हुन्छ। पहिलो चरणमा भाग लिने व्यक्तिको संख्या एकदम थोरै छ र तिनीहरू स्वस्थ छन्।
दोस्रो चरणमा, परीक्षणको लागि भाग लिनेहरूको संख्या अधिक छ र खोप कति सुरक्षित छ भनेर हेर्न समूहहरू छन्।
नियन्त्रण समूहले एक समूहलाई जनाउँछ जुन परीक्षणमा भाग लिने बाँकी व्यक्तिहरूबाट अलग राखिन्छ। प्रयोगको तेस्रो चरणमा, यो खोपको खुराक कति प्रभावकारी हुन्छ भन्ने निर्धारण गर्दछ।
सम्भावित १० खोप मानवीय परीक्षणमा
विश्वका विभिन्न देश तथा संस्थाहरुले खोप बनाउन प्रयास गरिरहेका छन्। अहिलेसम्म १० वटा सम्भावित खोपहरु मानवीय परीक्षणको तहमा पुगेका छन्। मानवीय परीक्षणमा गएका १० मध्ये सात खोपको नामाकरण भएको छ। यो वर्षको अन्त्य वा आउँदो वर्षका सुरुमा खोप तयार हुने अपेक्षा छ।
अहिलेसम्म अमेरिकाको मोदेर्ना औषधि कम्पनीले बनाएको एमआरएनए–१२७३, बायोटेक र पिफिजरले बनाएको बिएनटी १६२, इनोभिओ फरमास्युटिकल्सले बनाएको आइएनओ–४८००, अक्सफोर्ड विश्वविद्यालय र एस्टा्जेनेकाले बनाएको एजेडडी १२२२ तथा क्यानसिनो बायोलोजिक्सले बनाएको एडी५–एनकोभी नाम गरेका खोप परीक्षणको तहमा छन्।
यस्तै वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफर्मले बनाएको खोपको नामाकरण भएको छैन। तर मानवीय परीक्षणको तहमा प्रारम्भीक नतिजा साकारात्मक आएको छ।
बेइजिङ्ग इन्स्टिच्युड अफ बोयोलोजिकल प्रोडक्ट्स र सिनोफर्म तथा इन्स्टिच्युड अफ मेडिकल बायोलोजी र चाइनिज एकेडेमी अफ मेडिकल साइन्सेजले बनाएको खोपको पनि नामाकरण भएको छैन तर मानवीय परीक्षणमा तहमा छन्।
मानवीय परीक्षणको तहमा रहेका अरु खोपमा सिनोभाकले बनाएको पिकोभाक र नोभभाक्सले बनाएको एनभिएक्स–कोभी २३७३ मानवीय परीक्षणको चरणमा छन्।
मोदेर्ना, वुहान इन्स्टिच्युड र अक्सफोर्ड विश्वविद्यालले बताएका खोपहरुको दोस्रो चरणको परीक्षण भएको छ।
अक्सफोर्ड विश्वविद्यायलको टोलीले बनाइरहेको खोपको तेस्रो चरणको परीक्षणको प्रतिवेदन सबैभन्दा पहिले अर्थात आउँदो समरमा आउने अपेक्षा छ। कम्तिमा १८ महिनामा कोरोना भाइरसको खोप बनाउने गरी काम भइरहेको छ र यो अवधिमा खोप तयार भयो भने त्यो अति ठूलो उपलब्धी हुने विज्ञको भनाई छ।
केहीले योसम्म आश गरेका छन् कि यहि वर्ष २०२० को अन्त्यसम्ममा खोपको १० करोड भन्दा बढी डोज तयार भइसक्ने छ।
विश्व स्वास्थ्य संगठनले सम्भावित खोपको सूचिमा एक सय भन्दा बढी खोप वा औषधिलाई राखेको छ। अहिले मानवीय परीक्षणको चरणमा पुगेका बाहेक अरु धेरै खोपहरुमा पनि काम भइरहेको छ।
सबैको पहुँच नभएसम्म काेराेना नियन्त्रण हुँदैन: संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ अन्तर्गतको विकास नीति सम्बन्धी समितिले कोरोना भाइरसविरुद्धको खोप बने पनि त्यसको पहुँच सबैमा नभएसम्म महामारी अन्त्य नहुने बताएको छ।
द न्यू स्कूलमा अन्तर्राष्ट्रिय सम्बन्धकी प्राध्यापक तथा संयुक्त राष्ट्रसंघीय विकास नीति सम्बन्धी समितिकी सदस्य साकिको फुकुदा–पाराले कोरोना महामारी अन्त्यका लागि खोप मात्रै बनेर नहुने बताएकी हुन्।
उनले भनेकी छन्, ‘वैज्ञानिकहरु अति तीव्र गतिमा खोप बनाउने प्रयास गरिरहेका छन्। तर खोप बने पनि महामारी नियन्त्रणमा आउँदैन। महामारी अन्त्य हुनका लागि खोपमा सबैको पहुँच सहज रुपमा हुनु पर्छ। सबै देशका नागरिकले खोप पाउनु पर्छ।’
यस्तै महामारी पूर्णरुपमा नियन्त्रणमा आउनका लागि विश्वका सबै देशले खोपको विकास, उत्पादन तथा वितरणमा सहकार्य गरी सबैको पहुँचमा समान सहज रुपले पुग्ने गरी काम गर्नु पर्ने उनले जोड दिएकी छन्।
‘खोप बनाउने अभियानमै पनि बौद्धिक सम्पत्तीको सुरक्षा हुने गरी सबै मिलेर काम गर्नु पर्छ। खोपको पर्याप्त डोज विकासका लागि आर्थिक सहयोग जुटाउनु पर्छ।राजनीतिक स्वार्थ र व्यक्तिगत हितलाई पाखा लगाएर मानव स्वास्थ्यका लागि विश्वव्यापी ऐक्यवद्धता चाहिन्छ,’ उनले भनेकी छिन्।