अश्वेत आन्दाेलन दबाउन हतियारसहित उत्रिन लागेका करिव २०० श्वेतकाे फेसबुक एकाउन्ट बन्द

सामाजकि सञ्जाल फेसबुकले श्वेत सर्वोच्चवादी समूहलाई उक्साउने करिव दुईसय फेसबुक अकाउन्ट हटाइ दिएको छ। हटाइएका अकाउन्ट ‘प्राउड ब्वाइज’ र ‘अमेरिकन गार्ड’ नामक अश्वेत जातिविरूद्ध घृणा फैलाउने दुई समुहसँग सम्बन्धित हुन् । यी दुई समुहका फेसबुक अकाउन्ट भने  यसअघि नै प्रतिबन्धित गरिएका छन्। 

फेसबुकका आतंकवाद विरोधी नीतिका निर्देशक ब्रायन फिसम्यानका अनुसार ती अकाउन्टमा अफ्रिकन मूलका अश्वेत अमेरिकी जर्ज फ्लोइडको हत्यापछि फैलिएको प्रदर्शनलाई दबाउन सक्रिय हुन आव्हान गरिएका सामग्री अपलोड गरिएका थिए। उनीहरूले प्रहरीसँग मिलेर प्रदर्शन दबाउन जाने र हतियारसहित प्रदर्शन गर्ने योजना बनाइरहेका सामग्री पनि सम्प्रेषण गरेका थिए। 

फेसबुकले ‘करिव १९० खाता हटाइयो’ मात्र उल्लेख गर्दै उनीहरूले कहाँ–कहाँ प्रदर्शन गर्ने योजना बनाएका थिए र उनीहरू अमेरिकामा कहाँ बस्छन् भन्ने जस्ता अकाउन्ट प्रयोगकर्ताको विवरण प्रकाशित गरेको छैन। 

जर्ज फ्लोयडको हत्यालाई लिएर राष्ट्रपति ट्रम्पले जारी गरेको 'ह्वेन लुटिङ स्टाट्स, द सुटिङ स्टाट्स' एक रंगभेदी सामग्री नहटाउने निर्णय गरेपछि फेसबुक अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको छ।फेसबुकमाथि  रंगभेदी आरोप लागेको छ र ठूलो संख्यामा कर्मचारीहरूले काम गर्न अस्विकार गरेका छन्।

यी सबै क्रियाकलापका कारण फेसबुकको सेयरमा गिरावट आउँदा मालिक मार्क जकरवर्गले अर्वौ डलर नोक्सानी ब्यहोरेका छन्। यो नोक्सानीबाट तिल्मिलाएका उनीमाथि यी रंगभेदी अकाउन्ट बन्द गर्न दबाब बढेको हो।

फेसबुकले यो निर्णय आफ्नो बिग्रिएको छवि सुधार्न गरेको अनुमान गरिएको छ।  

प्रकाशित मिति: : 2020-06-07 07:02:11

प्रतिकृया दिनुहोस्