म मजदुर राष्ट्रको

शिवप्रसाद नेउपाने

रुम्तेक पूर्व सिक्किम

हामीले जो गर्यौं काम राष्ट्रलाई होस् समर्पित ,

म सानु तहको मान्छे हुन्छ के दिने मसित ।

 

पाखुरी भरमा केवल जिउने कला छ भाग्यमा ,

तै पनि गरेको कार्य राष्ट्रलाई होस् समर्पित ।

 

थोरै ज्याला धेरैकाम गर्नु पर्दछ दिनसित

बचाएको केही अंश राष्ट्रलाई होस समर्पित ।

 

छाकै पिछे एक एक गाँस राख्दै छु म जोगाएर,

जति हुन्छ म राष्ट्रलाई गर्दै गर्छु समर्पित ।

 

वर्षमा एकदिन भा नी राष्ट्रले दिएको विदा ,

आज एकदिनको बिसाउँनी राष्ट्रलाई होस समर्पित ।

 

जननी जन्मभूमिश्च स्वर्गादपि गरियषी,

स्वस्छ मनले यो भावना राष्ट्रलाई नै समर्पित

 

मजदुरी नै हो मेरो ,धर्म, संस्कार संस्कृति,

सबै सबै सबै मेरो राष्ट्रलाई नै समर्पित ।

 

म मजदुर हुँ यो राष्ट्रको गर्छु राष्ट्रकै खातिर ,

अन्तिम श्वास पनि मेरो राष्ट्रलाई नै समर्पित ।

 

मेरा भारत महान....

 

 

शिवप्रसाद नेउपाने

रुम्तेक पूर्व सिक्किम

प्रकाशित मिति: : 2020-06-06 15:49:00

प्रतिकृया दिनुहोस्