जम्मू–कश्मीर प्रहरीले दुई आतंककारीको मृत्यु भएको पुष्टि गरेको छ।
गुप्तचर एजेन्सीहरूले आतंककारीहरु दक्षिण कश्मीरको कुलगाम जिल्लाको भानपोरा क्षेत्रमा लुकिरहेको जानकारी पाएका थिए। त्यसपछि भारतीय सेना, एसओजी र सीआरपीएफको संयुक्त टोलीले उक्त क्षेत्रलाई घेरा हाले।
सुरक्षा बलले आतंककारीहरूलाई आत्मसमर्पण गर्न भन्यो तर आतंककारीहरूले सुरक्षा बलमाथि गोली बर्साउन थाले। उक्त क्रममा दोहोराे झडप हुँदा दुई आतंककारी मारिएको बताइएको छ। अहिले उक्त इलाकामा सुरक्षा बलले आतंकवादी माथि कारबाही तिब्र बनाएको छ।
यसभन्दा पहिले दक्षिण काश्मीरको पुलवामा जिल्लामा बिहीबार सुरक्षा बलले जैश–ए–मोहम्मद र हिजबुल मुजाहिद्दीन फिदिनेनको हमला असफल बनाएका थिए।