बजेटमा समेटिएको पर्वतीय खेल कार्यक्रम : आकाशको फल आँखा तरि मर

बाह्रखरी

काठमाडौँ

जितु साउद

आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दा अर्थमन्त्री युवराज खतिवडाले खेलकुद क्षेत्रको विकासका लागि उच्च पर्वतीय खेल कार्यक्रम सञ्‍चालन गर्न बजेट विनियोजन गरेको घोषणा गरे । उनले खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्‍चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकासका गर्न बजेट विनियोजन गरेको पनि बताए । 

यसअघि उच्च पर्वतीय प्रशिक्षण केन्द्रबारे धेरै अध्ययन र छलफल भने नभएका होइनन् । यसको सम्भावनाका विषयमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभन्‍न संघसंस्थाहरुले अध्ययन गरेका थिए । यसैका लागि भन्दै सरकारले वर्षेनी बजेट समेत विनियोजन गर्दै आएको थियो । बजेट विनियोजन भए पनि काम भने सुरु हुन सकेन । जस कारण यस शीर्षकमा छुट्याइएको बजेट 'फ्रिज' हुँदै आएको थियो ।

प्रकाशित मिति: : 2020-05-29 20:24:07

प्रतिकृया दिनुहोस्