महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत ११६ जना प्रहरीको कोरोना परीक्षण रिपोट नेगेटिभ आएको छ।
गत ७ जेठमा कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा एक सइ र एक जवानमा कोरोना संक्रमण देखिएको थियो।
उनीहरुमा संक्रमण पुष्टि भएसँगै वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई सिल गरेर कोरोना भाइरसको संक्रमणको आशंकामा २२५ जनाको चेकजाँच गरिएको थियो।
जसमा १ सय १६ जनाको रिपोट नेगेटिभ आएको छ भने बाँकीको रिपोर्ट आउने क्रममा रहेको महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोखेलले बिएल नेपाली सेवालाई जानकारी दिए।