छ फिट सामाजिक दुरी पर्याप्त छैन, कोरोना भाइरस २० फिटसम्म फैलिन्छः अध्ययन

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन एक अर्काबाट ६ फिट दुरी कायम गर्दा हुने सुझाव गलत भएको एक अध्ययनले देखाएको छ। 

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार घातक भाइरस खोक्दा र हाच्छ्युँ गर्दा २० फिटसम्म जान सक्छ।

विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ)ले ‘सामाजिक दुरी कायम’ गर्न आग्रह गर्दै कोरोना भाइरसबाट जोगिन खोकी र हाच्छ्युँ गरिरहेका व्यक्तिबाट आफ्नो दुरी १ मिटर (३ फिट) कायम राख्न सुझाव दिएको थियो। 

तर विश्वविद्यालयका वैज्ञानिक  सान्ता बार्बराका अनुसार खोक्दा र हाच्छ्युँ गर्दा संक्रामकको थोपा २० फिटसम्म पुग्न सक्छ। तसर्थ, छ फिटको सामाजिक दुरीको नियम संक्रमण फैलिनबाट रोक्नको लागि अपर्याप्त छ।

‘विभिन्न वायुमण्डलीय परिस्थितिमा खोक्दा, हाच्छ्युँ गर्दा सास छोड्ने क्रममा उत्सर्जन हुने संक्रामक थोपाको नमूनाका आधारमा हामी यो निश्कर्षमा पुगेका हौं,’उनले भनिन्,‘ कोनोना भाइरस चिसो र सुखा मौसममा तीन गुणासम्म फैलिन सक्छ।’

अघिल्लो अनुसन्धानको आधारमा उनले तयार पारेको रिपोर्टमा खोक्दा,हाच्छ्युँ गर्दा, सास फेर्दा र कुराकानी गर्दा पनि लगभग भाइरसका कणहरु ४० हजार ड्रप निस्किन सक्छन्। यी ड्रपहरू केही मिटरबाट केही सय मिटर प्रतिसेकेन्ड जान सक्छ।

यस अघिल्लो अध्ययनका अनुसार वैज्ञानिकहरुले भाइरस सार्ने किटानु  वातावरण तातो हावा र बाहिरी प्रभावमा भर पर्ने बताएका थिए। वैज्ञानिकहरूका अनुसार कोभिड–१९ श्वासप्रवाहमार्फत प्रसारण हुने हावाको माध्यमबाट बढी र लामो दुरीको एयरोसोल कणहरूमा विभाजित हुन्छ।

यी साना कणहरू फोक्सो भित्र छिर्न सक्छन्। वैज्ञानिकहरूले भनेका छन्, 'मास्कको प्रयोग गर्दा एयरोसोल कणबाट हुने भाइरसको सम्भावना कम हुन्छ।'
 

प्रकाशित मिति: : 2020-05-28 22:38:13

प्रतिकृया दिनुहोस्