पूर्वगृहमन्त्री शर्माले फिर्ता गरे गाडीसहित सुरक्षाकर्मी

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् । 

शर्माले सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाललाई बिहीबार फोन गरी गाडीसहित सुरक्षाकर्मी फिर्ता गरेका हुन् । 

शर्माको सुरक्षामा सशस्त्रका १० जना सुरक्षाकर्मी खटिँदै आएको थियो । फिर्ता गरिएको सुरक्षाकर्मीहरुलाई धन्यवादसहित विदाइ गरेको सचिवालयले जनाएको छ । 

शर्माले राष्ट्र र जनताको सुरक्षा नै मुख्य कुरा भएकाले गाडीसहितको सशस्त्र प्रहरी फिर्ता गर्ने निर्णय गरेको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: : 2020-05-28 14:29:14

प्रतिकृया दिनुहोस्