पर्सामा कोरोना संक्रमितको निको हुनेको संख्या बढ्दो, गण्डक अस्पतालबाट पुनः४ जना डिस्चार्ज

वीरगन्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालको रूपमा रहेको गण्डक अस्पतालको आईसोलेशन वार्डमा उपचारार्थ भर्ना भएका ४ जना कोरोना संक्रमितहरु निको भएर बुधबार राति डिस्चार्ज भएका छन्।

यसअघि कोभिड अस्पतालमा उपचार गराइरहेका २७ मध्ये २१ जना मंगलबार साँझ निको भएर घर फर्किएका थिए। बाँकी रहेका कोरोना संक्रमितको उपचार भइरहेको छ ।

नारायणी अस्पतालकै अस्थायी कोभिड अस्पतालको रुपमा रहेको गण्डक अस्पतालको आईसोलेशनमा रहेका ९ जना संक्रमित मध्ये ४ जनाको लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनिहरू कोरोना मुक्त भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए ।

डिस्चार्ज हुनेहरुमा २ जना महिला र २ जना पुरुष  रहेका छन् । यसअघि बीरगन्जकै नारायणी अस्पतालबाट गत शनिबार ९ जना आईतबार १८ जना, सोमबार ४३ जना, मंगलबार २१ जना र बुधबार राति ४ जनागरी पाँच दिन भित्र ९५ जना कोरोनालाई जितेर डिस्चार्ज भएको उपाध्यायले बताए।

यसरी निरन्तर कोरोना संक्रमित निको हुदै गएपछि अहिले जिल्लामा संक्रमितको घट्दै गएको छ ।

प्रकाशित मिति: : 2020-05-28 12:46:47

प्रतिकृया दिनुहोस्