भोलि से‍नाले करिब २८ टन स्वास्थ्य सामग्री चीनबाट ल्याउने

बिएल संवाददाता

काठमाडाै‌ं

सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार काठमाडौं ल्याउने भएको छ। 

त्यसका लागि बुधबार बेलुकी चीनको गोन्जाउको लागि काठमाडौंबाट जहाज उडिसकेको छ। सेनाले समग्रमा तेस्रो लट र जहाजबाट दोस्रो लटमा सामग्री ल्याउन लागेको हो।

मन्त्रीपरिषद्को चैत १६ गतेको निर्णय अनुसार स्थापना भएको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी)स्थपना गरिएकाे थियाे। सीसीएमसीले करिब दुई अर्ब २६ करोडमा चीनबाट ६७ थरी स्वास्थ्यसामाग्री खरिद गरेको थियो। त्यसको तौल करिब २ सय ४३ टन रहेको छ। 

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो। तेस्रो लटमा करिब २८ टन सामग्री आउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

अब बाँकी सामग्री भने स्थलमार्गबाटै आउने जनकारी समेत प्रवक्ता पाण्डेले दिए। 

प्रकाशित मिति: : 2020-05-27 20:29:22

प्रतिकृया दिनुहोस्