ठमेल डायरी: एक छाक खानापछि आएको सास

सेतोपाटी

काठमाडौँ

सुरेन्द्र फुयाल

चौडा कालोपत्रे सडकमा दुवै छेउ ढकमक्क निलो फुलेका ज्याकरन्डाका रूख। सुकिला क्याफे। नर्थ फेस र ब्ल्याक याकजस्ता कपडा र जुत्ता पसलका लस्कर।

दक्षिणपट्टि तीन देवीका मन्दिर, जसको नामबाट राखिएको त्रिदेवीमार्गदेखि दरबारमार्गसम्म दुवैतर्फ सडक पेटीमा नेपाली युवायुवतीका ताँती।

बिहान सुनसान, तर घाम रानीपोखरी-असनमाथि पुगेपछि थामी नसक्नु भीड।

मध्यरातसम्मै मनोरञ्जनका लागि भौंतारिनेहरूको हुजूम। त्यो हुजूममा थरिथरिका नेपाली, थरिथरिका भारतीय, कश्मिरी, तिब्बती, चिनियाँसहित एसियाली र केही अफ्रिकीहरू।

प्रकाशित मिति: : 2020-05-27 17:55:16

प्रतिकृया दिनुहोस्