इन्टरनेटको त कुरा छोडौँ, हेलो भन्न त पाउनु परो

नेपालन्यूज

काठमाडौँ

हामीलाई इन्टरनेट चलाएर विलासी जीवन हैन हेलो भनेर जीवन चलाउने रहर छ, यस्तो माग समेत उठ्ने गरेको छ। नेपालको दूरसञ्चार सेवाको विकास, विस्तार र गुणस्तर दक्षिण एशियामै गौरव गर्न लायक भनिरहँदा संसदीय समितिले गुणस्तर र सेवा विस्तारको धिमा गतिप्रति गम्भीर प्रश्न उठाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाको कार्यप्रगति सुनेपछि सांसद यज्ञ सुनुवारले ‘रातको समयमा समीको बोटमुनि बसेर पूर्व फर्केर डायल गरेपछि काठमाडौँमा ट्वाक्कै फोन लाग्यो’ भनेपछि समितिको बैठकमा हाँसो गुञ्जियो।

टेलिफोन गर्न राति समीको बोटमुनि पुग्नुपर्छ
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीलाई टेलिफोन सेवा र गुणस्तरबारे जानकारी गराउँदै उनले भने, “तीन चार दिनदेखि ओखलढुङ्गाका विभिन्न गाउँबस्तीबाट काठमाडौं सम्पर्क गर्न खोजेँ तर टावर आएन, एकजना साथीले चौतारोमा रातको समयमा समीको बोटमुनि गई पूर्वतर्फ फर्केर नम्बर डायल गर्न सल्लाह दिए, त्यही गरेँ काठमाडौँसँग सम्पर्क भयो।”

प्रकाशित मिति: : 2020-05-26 20:17:58

प्रतिकृया दिनुहोस्