पहिलो कोरोना संक्रमित नर्सको भोगाइ : ‘पोजेटिभ’ देखिनु नै अचम्म ! सिटामोल नखाई निको

लोकान्तर

काठमाडौँ

प्रकाश आचार्य

वैशाख अन्तिम साता । तराईको बढ्दो गर्मी । गर्मीसँगै कोभिड–१९ को ‘हटस्पर्ट’ बनेको कपिलवस्तु जिल्ला । वैशाख ३० गते कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत नर्सको ‘रोटेसन’मा बिदा परेको थियो ।

सोही दिन विश्व नर्सिङ दिवस पनि परेकाले अस्पतालमा कार्यरत नर्सहरूले एउटा सामान्य कार्यक्रम गरी नर्सिङ दिवस ‘सेलिब्रेट’ गरे । नर्सिङ दिवस मनाएर दिउँसो घरमा पुगेर हातको मोबाइल टेबुलमा के राखेकी थिइन्, अस्पतालबाट फोन आयो ।

टेलिफोन गर्नेले भने – ‘सिस्टर’ तपाईलाई कोरोना पोजेटिभ देखियो सर्तर रहेर बस्नुहोस् है !

उनी अचम्ममा परिन् । उनलाई विश्वास नै लागेन । कसरी मलाई कोरोना भाइरस पोजेटिभ देखियो ? अस्पतालमा सँगै काम गर्ने चिकित्सकलाई फोन गरिन् । चिकित्सकको जवाफ पनि त्यहीँ आयो – तपाईको रिपोर्ट पोजेटिभ छ । अन्ततः रिपोर्टले नै देखाएपछि स्वास्थ्यकर्मीको नाताले उनले विश्वास गर्नैपर्‍यो ।

प्रकाशित मिति: : 2020-05-26 13:40:26

प्रतिकृया दिनुहोस्