आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको बजेट बढ्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण स्वास्थ्यमा यस पटकको बजेटले प्राथमिकता पाउने सरकारको नीति तथा कार्यक्रम मै उल्लेख छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार अहिले स्वास्थ्य नै ठूलो भन्ने परेको छ । त्यसअनुसार स्वास्थ्य क्षेत्रमा पूर्वाधार तयार पनि गर्नुपर्नेछ ।
यसैगरी कोरोनाभाइरसका कारण भएको लकडाउनले आर्थिक गतिविधि ठप्प हुनुका साथै उद्योगधन्दा, कलकारखाना, कार्यालय लगायत खुल्न नसक्दा धेरैको रोजगारी गुमेको छ । अर्कोतर्फ वैदेशिक रोजगारमा गएकाहरु पनि रोजगार गुमाएर ठुलो संख्यामा फर्कने अनुमान गरिएको छ । देशमा रोजगारी सृजनाका लागि पनि सरकारले मोटो रकम खर्च गर्ने भएको छ ।