नारायणी अस्पतालबाट २ पत्रकारसहित ४३ कोरोना संक्रमित निको भएर घर फर्किए

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत् ४३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन्।

निको हुनेमा ४१ जना पुरुष रहेका छन् भने दुई जना महिला छन् । यसमध्ये ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाको रहेको अस्पतालले जानकारी दिएको छ । यसमा दुई जना पत्रकार पनि रहेका छन् ।

अस्पतालका कोरोना विभाग प्रमुख डा‍.उदयनारायण सिंहका अनुसार सबै संक्रमितहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हाे।

४८ घण्टा पहिलेको एउटा रिपोर्ट नेगेटिभ आएको थियो भने आज विहान नारायणी अस्पतालस्थित पीसीआर ल्यावको गरिएकाे परीक्षणकाे रिपोर्ट  पनि नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा. सिहले बताए ।

एकै पटक ४३ जना डिस्चार्ज भएपछि नारायणी अस्पतलाका चिकित्सकहरु खुशी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्ययाले बताए ।

४४ जना डिस्चार्ज भएसँगै नारायणी अस्पताल जेनरल सेवा संचालनका लागि पूर्ण रुपमा खालि भएको छ। यता पर्सामा गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ।

 

प्रकाशित मिति: : 2020-05-25 18:15:39

प्रतिकृया दिनुहोस्