काठमाडौंको कीर्तिपुरको सडकमा एक मजदुर मृत फेला परेका छन्। कीर्तिपुर–१० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकमा आइतबार धादिङका सूर्यबहादुर तामाङ मृत भेटिएका हुन्।
उनी कीर्तिपुरमा वर्षौदेखि भरियाको काम गर्दै आएकाे स्थानीयवासीले बताएका छन्।
लकडाउन सुरु भएयता कामविहिन भएका तामाङ पछिल्लो समय केही संघसंस्थाले उपलव्ध गराएको खाना खाने गरेकाे स्थानियहरुले बताएका छन्। आफन्त नभएका उनको आइतबारनै प्रहरीले पोष्टमार्टम गरेको छ।