प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) को प्रभावबारे अध्ययन र विश्लेषण गर्न अर्थ विशेष समिति बनाएको छ । समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रूपमा आगामी बजेटका प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्नेछ भनिएको छ ।
समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा पार्टीको आफ्नो अवधारणा र भूमिकालाई थप परिष्कृत एवम् थप प्रभावकारी बनाउने काँग्रेसको उद्देश्य छ । सरकारले मागेको खण्डमा उक्त समितिले सुझाव पनि दिने भनिएको छ । उक्त समितिले अल्पकालीन रूपमा आगामी बजेटका प्राथमिकता र कोरोनापछिको अर्थतन्त्रबारे के कस्तो दूरगामी दृष्टिकोण बनाउँदै छ भन्ने विषयमा समितिका संयोजक डा. रामशरण महतसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :