सुरक्षा पन्त भन्छिन्ः म एक्लै छु भनेर आमा पिर गर्नुहुन्छ, दिनकै फोन आउँछ

सेतोपाटी

काठमाडौँ

अनुषा अधिकारी

फिल्म 'आमा' को ट्रेलर रिलिज भएपछि कलाकार सुरक्षा पन्तले माछामासु खान छाडिन्। फिल्ममा उनले खेलेको पात्रले आमा बितेर कपाल काट्नुपर्ने थियो। त्यसका लागि आफ्नो कपाल खौरिन्। फिल्ममा भूमिका मात्र निर्वाह गरे पनि आमा बित्दाको मर्मले उनको वास्तविक जीवनलाई छोयो।

'त्यो क्षण मेरा लागि केबल पात्रमा सीमित थिएन,' उनले भनिन्, 'जब सुटिङ क्रममा मेरो कपाल काट्न थालियो, मन सिरिङ्ग भयो। लाग्यो, मेरै परिवारको कोही बित्नुभएको थियो। त्यही कुरा मनमा छोएर मासु खान मन लागेन। अब विस्तारै मासु खाँदै-नखाने सोचमा छु।'

कपाल काटेपछि उनलाई शरीरको आधा बोझ हल्का भएजस्तो भएछ। खुला आकाशमा उडेको पन्छीझैं स्वतन्त्र महशुस गरिन्, 'कपाल नभएपछि एक किसिमको आत्मबल पाएँ। मानौं पहिले मेरा ती आत्मबल कपालभित्र लुट्पुटिएका थिए।'

यता एकाएक कपाल खौरँदा त्यसको सबभन्दा पिर उनकी आमालाई परेको थियो।

प्रकाशित मिति: : 2020-05-24 08:12:44

प्रतिकृया दिनुहोस्