धीरज मैनाली
विश्व आज कोरोनाको महामारीले आक्रान्त छ। चीनबाट शुरुवात भएर विश्वव्यापी महामारीको रुप लिएको कोरोनाले मानव सभ्यता माथीनै धावा बोलेको आवस्था छ। प्राकृतिक सत्ताभन्दा ठुलो कोही छैन अनि मानव जीवनका लागी उपयोगी परापूर्वकालदेखि अनुभव तथा खोजको उपज हाम्रा लागी विभिन्न जीवन जिउने सिद्दान्त तथा कला निर्देश गरिएको छ।
कति बजे उठने , के खाने के नखाने , कस्तो कस्तो कर्म गर्ने अनि व्यवहार गर्ने सबै परापूर्वकालदेखि पूर्विय दर्शनमा निर्देशित छ। त्यसको सही अनुशरण हामीबाट भएन त्यस कारण हामी विभिन्न समस्याले समय समयमा आक्रान्त हुन्छौं। जीवन जिउने अनुशासन तथा नियम, कानुन सबैको जिवन रक्षा तथा सुखका लागी निर्देशित भएका हुन्छन। तर हामी त्यसलाई गम्भीरताका साथ लिइरहेका हुँदैनौं। सरकारले हाल गरेको लकडाउन पनि यहि जनताको स्वास्थ्यलाई मध्यनजर गरेर गरिएको एक निर्देशन हो। बाली लगाएको छ अनि छेकबार लगाएन भने त्यो बालीलाई कुनै न कुनै बखतमा चौपायले खान्छ नै भने जसतो लापारवाही गरियो भने एक न एक दिन हामी रोगले आक्रान्त हुन्छौं त्यसमा दुइ मत रहँदैन। जनताका हितमा जारी भएका निति निर्देशिकालाई अबमुल्यन गर्दा रोगबाट मरि नहाले पनि दुःख पाउने त निश्चित रहन्छ।