१५ वर्षपछि फेरि 'पवनकली' बनेकी लुनिभा भन्छिन्ः कानमाथि कपाल सेतै भइसकेछ

सेतोपाटी

काठमाडौँ

जुना श्रेष्ठ

लुनिभा तुलाधर पहिले हाफ-टाइम आमा थिइन्। अहिले फुल-टाइम आमा हुन पाएकी छ्न्। अर्थात् पहिले आफ्नो छोराका लागि समय निकाल्न मुश्किल पर्थ्यो। अहिले दिन-रात छोरासँगै खेल्न पाएकी छन्।

मुख्यत: नाटक र केही फिल्ममा समेत अभिनय गरेकी लुनिभालाई धेरैले 'पवनकली' भनेर चिन्छन्। उनले १५ वर्षअघि कान्तिपुर टेलिभिजनमा सुरू गरेको कार्यक्रम 'द पवनकली शो' ले उनलाई चर्चा दिलाएको थियो।

त्यस बेला लुनिभाले पवनकली कार्यक्रम सञ्चालनमा निरन्तरता दिन सकिनन्। कार्यक्रम सुरू गर्दा उनी जम्मा १९ वर्षकी थिइन्। पढाइ सिलसिलामा भारत गइन्। लुनिभा जाने भएपछि उनको ठाउँमा तारा कँडेल पवनकलीका रूपमा देखा परिन्। उनीपछि माम्पी घोषले कार्यक्रम सञ्चालन गरिन्।

६ महिनासम्म पवनकली कार्यक्रम सञ्चालन गरेकी लुनिभा पढाइ सकेर नेपाल फर्किएपछि भने नाट्य क्षेत्रमा बढी सक्रिय भइन्। 'मुन्द्रेको कमेडी क्लब' लगायत केही टिभी कार्यक्रममा पनि देखिन्छिन्।

प्रकाशित मिति: : 2020-05-23 09:02:22

प्रतिकृया दिनुहोस्