जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा थुनुवामा रहेका एक जनालाई कोरोना शुक्रबार पोजेटिभ देखिएको हाे।
उनी चैत ६ गते भारतबाट नेपाल आएका ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए।
उनलाई कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरिएकाे थियाे।
डिएसपी पाण्डेका अनुसार अन्य ५ जनाको स्वाब संकलन गरि पठाइएको छ।
उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको छ। उनका अनुसार उनको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ।