'बस्नका लागि बास छैन, हिँड्नका लागि बाटो : बाँच्ने चाहिँ कसरी?'

पहिलोपोष्ट

जनकपुरधाम

सुमित मिश्र

हावाहुरी र चर्को लाग्ने घामले उराठलाग्दो बनाएको छ जनकपुरस्थित बाह्रबिघा मैदान। लकडाउनसँगै भोक पसेको तीन महिना बित्नै लाग्यो। रोगको डर पनि उत्तिकै। तर, सुनसान छ मैदानको दक्षिण–पश्चिम कुना।

त्यहाँ लहरै बनाइएका छन् दशवटा छाप्रा, प्लास्टिकको। प्रत्येक पण्डाल मुनि ६/७ जना बालबालिकादेखि वृद्धवृद्धा लस्करै बसेको देखिन्छन्। उनीहरु ३२ जना छन्। सबै भारतीय। महाराष्ट्र अकौला जिल्लाका। जनकपुरमा यसरी पण्डाल बनाएर बस्ने ८ परिवार छन् जो ‘लकडाउन’ पछि नेपालमै अलपत्र परेका हुन्।

माटोका गिलास, थाल। अन्य भाडा पनि माटोकै। उनीहरु प्रयोग मात्र गर्दैनन् तिनै भाडाको व्यापार समेत गर्छन्। यही नै गुजाराको बाटो। अनि उनीहरु हुन् – घुमन्ते। एकठाउँबाट अर्को ठाउँ सर्दै जीवन यापन गर्छन्। तर, लकडाउनले त्यो यात्रामा रोक लगाइदियो, जुन रोकिए पछि उनीहरुको नुन समेत रोकिन्छ।

प्रकाशित मिति: : 2020-05-22 08:16:17

प्रतिकृया दिनुहोस्