ट्रम्पकाे काेराेना परीक्षण, रिपाेर्ट नेगेटिभ आयाे

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कोरोनाको परीक्षण भएको जानकारी दिएका छन्।

फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको यात्रामा जानुअघि पत्रकारसँग कुराकानीमा उक्त जानकारी दिएका हुन्। 

परीक्षणको नतिजाबारे बताउँदै उनले भने, ‘मेरो कोरोनाको परीक्षण सकारात्मक रुपले नकारात्मक आएको छ।’

उनले थपे, ‘ठिक छ, आज बिहान मेरो पूर्ण रुपमा परीक्षण भयो। अर्थात्, मेरो परीक्षण नकारात्मक आयो।’

ट्रम्पले शुक्रबार फोर्ड कारखानाको अवलोकन गर्नेछन् जसले भेन्टिलेटर्स बनाइरहेको छ।

यो हप्ताको सुरुमा कम्पनीका प्रवक्ताले यो भ्रमणका बेला राष्ट्रपतिले मास्क लगाउनुपर्ने बताएका छन्।

कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्म ट्रम्पले मास्क लगाएको देखिएका छैनन्।

तर ट्रम्पले बिहीबार मिशिगनस्थित प्लान्टको भ्रमणको क्रममा केहीबेर मास्क लगाए। 

विज्ञले कोरोना भाइरसको संक्रमणबाट जोगिन वा संक्रमण फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने बताए पनि ट्रम्पले अस्वीकार गर्दै आएका छन्। 

ह्वाइट हाउस कर्मचारीका केही सदस्य कोरोना भाइरसद्वार संक्रमित पाइएका छन् जसका कारण ट्रम्प र उप–राष्ट्रपति माइक पेन्सको दैनिक परीक्षण भइरहेको छ।

प्रकाशित मिति: : 2020-05-22 07:50:44

प्रतिकृया दिनुहोस्