भारत ! आफ्नै नक्सा हेर, कालीनदी कहाँ छ ?

जनार्दन बराल

२ नोभम्बर २०१९ अर्थात् १६ कात्तिक ०७६ मा भारतले जारी गरेको नक्सा । जसमा कालीनदी लेखिएको छ ।

लिम्पियाधुरासम्मको भूभाग नेपालको हो भन्ने प्रमाण खोज्न कहीँ जानुपर्दैन, भारतले गत २ नोभेम्बर (१६ कात्तिक) मा जारी गरेको नक्सा नै पर्याप्त छ । भारतले जारी गरेको राजनीतिक नक्सामा स्पष्ट रूपमा लिम्पियाधुराबाट निस्केको नदीलाई काली नदी भनिएको छ ।सर्भे अफ इन्डिया (भारतीय सर्वेक्षण विभाग) बाट जारी सो राजनीतिक तथा प्रशासनिक नक्सा विभागको वेबसाइट www.surveyofindia.gov.in मा उपलब्ध छ । भारतलाई उसैले जारी गरेको नक्सा हेर्न लगाउने हो भने उसले कालीभन्दा पूर्वको नेपाली भूभाग अनधिकृत रूपमा अतिक्रमण गरेको हो भन्ने पुष्टि हुन्छ । 

प्रकाशित मिति: : 2020-05-22 07:41:34

प्रतिकृया दिनुहोस्