चक्रवाती आँधी ‘अम्पुन’ आँधीका कारण भारतको पश्चिम बंगालमा ७२ जनाको ज्यान गएको छ भने पाँच हजार बढी घर भत्किएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छन्।
उनका अनुसार अम्पुनले बिहीबारसम्म हजारौ करोडको नोक्सान पुर्याएको छ भने त्यहाँका घरपरिवार नराम्ररी प्रभावित भएको छ।
यसैबीच युनिसेफले भारत र बंगलादेशमा करिव १ करोड ९ लाख बालबालिका अम्पुनको चपेटमा पर्ने अनुमान गरेको छ। आँधीबेहरी पछि दुई देशका धेरै भागमा ठूलो वर्षाले बाढी आउनले आँकलन गरिएको छ।
युनिसेफका अनुसार पश्चिम बंगालमा मात्र १ करोड ६ लाख बालबालिका आँधीबेहरीबाट प्रभावित हुनसक्छन्। ‘आँधीबेहरीले ठूलो विध्वंश ल्यायो र यसले लाखौं बालबालिकाहरुलाई असर पार्नेछ,’ दक्षिण एसियाका युनिसेफका क्षेत्रीय निर्देशक जेन गफले भने, ‘हाम्रो चिन्ताको विषय यो हो कि कोभिड–१९ महामारीको बीचमा दुबै मुलुकमा आँधीबेहरीले बढी मानवीय क्षति गर्ने सम्भावना छ।’
आँधीबेहरीबाट सुरक्षाका लागि विशेष शिविरमा राखिएका छन्। तिनीहरू कोरोना भाइरसको संक्रमण सर्ने बढी खतरा छ।
उनले भने, ‘हामी परिस्थितिलाई राम्ररी हेरिरहेका छौं। हाम्रो प्राथमिकता आँधीबेहरी भएका क्षेत्रहरूमा बस्ने परिवार र उनीहरूका बालबालिकाहरूको सुरक्षा सुनिश्चित गर्नु हो। युनिसेफले यस अवस्थाको सामना गर्न भारत र बंगलादेश सरकारसँग निरन्तर काम गरिरहेको छ।’