भण्डारी, कंडेल र बगालेको पहलमा मुम्बईका ७० जनालाई राहत वितरण

समाजसेवी सागर भण्डारी र दिपेन्द्र कंडेलको पहलमा मुम्बईमा बसोबास गर्ने ७० जना नेपालीहरुलाई राहत वितरण गरेका छन्। 

हरि बगालेको नेतृत्वमा ७० जना नेपालीहरुलाई खाद्यान्न बाँडिएको हो। महाराष्ट्र राज्यमा बन्दाबन्दी लम्बिएपछि यहाँ रोजगारी गर्ने नेपालीहरु कामबिहिन बनेका छन्। बेरोजगारी बनेका उनीहरुको दैनिकीमा समस्या आउन थालेको छ। 

कोरोना भाइस (कोभिड–१९) का कारण रोजगारी गुमाएर बन्दाबन्दीमा परेका नेपालीहरुलाई सामाजिक संघ–संस्था तथा समाजसेवीहरुले राहत सामाग्री सहयोग गरिरहेका छन्। मुम्बईमा प्रवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ।
 

प्रकाशित मिति: : 2020-05-21 17:25:31

प्रतिकृया दिनुहोस्