बिहीबार रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित गुल्मीका शिक्षक स्वास्थ्य परीक्षण गराउन पुगेको सन्धिखर्कको छायाँ मेडिकलका सबै स्वास्थ्यकर्मीहरुको कोभिड–१९ रिर्पोट नेगटिभ आएको छ।
मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीले आज त्यस मेडिकलका सबै स्वास्थ्यकर्मीको रिपोर्ट नेगटिभ आएको बताए।
शिक्षकमा कोरोना संक्रम पुष्टि भएसँगै त्यहाँका स्वास्थ्यकर्मीहरुको स्वाब परीक्षण गर्न पठाइएको थियो।
उनले भने, ‘मेडिकलका १० जना स्वास्थ्यकर्मीहरुको स्वाब परीक्षण गर्न पठाइएको र उनीहरु सबैको रिर्पोट नेगटिभ आएको छ।’
उनका अनुसार गाउँपालिकामा गरिएको ३० जनाको रिपोर्ट भने आउन बाँकी छ।
स्वास्थ्य कार्यालय गुुल्मीका प्रमुख डा.भवानीप्रसाद शर्माले मदाने गाउँपालिकामा गरिएका र प्रयोगशालामा पठाइएको स्वाब परीक्षणको रिपोर्ट भोलीसम्म आइपुग्ने जानकारी दिए।