धरानकी कोरोना भाइरस संक्रमित ५१ वर्षीय महिला दिल्लीबाट फर्किएको खुलेको छ।
उनका एक जना आफन्त दिल्लीमा उपचाररत थिए । त्यही क्रममा उनी दिल्ली आउजाउ गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय, धरानका प्रमुख सागर प्रसाईंले बताए ।
‘उहाँका आफन्त भारुतमा हुनुहुँदो रहेछ। सोही क्रममा विरामी भेट्न उहाँ जानु भएको हो भन्ने खुल्नमा आएको छ,’उनले भने।
उनी शंका लागेपछि आफैं परीक्षण गराउन अस्पताल पुगेको उनले बताए।
उनका अनुसार महिलालाई बिहानै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ ।
धरानमा हालसम्म चार जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । मुलुकभर ४ सय ४४ संक्रमित भेटिएका छन् ।