नयाँ नक्सा र सशस्त्रको बीओपीपछि अब सेना पठाउने तयारी : बाटो बनाउन तयार छ यस्तो खाका

पहिलोपोष्ट

काठमाडौँ

कमलराज भट्ट

वर्षौदेखि भारतको कब्जामा रहेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकमा पछिल्लो समय सरकारले विभिन्न कदम चालेको छ। नेपाली भूमि फिर्ता ल्याउने प्रयासदेखि सीमा सुरक्षाको प्रयत्‍नसम्म भएका छन्।

खासगरी भारत सरकारले नेपाली भूमि हुँदै मानसरोवर जाने बाटो खुला गरेपछि नेपालको सडक र सदनमा विरोध प्रदर्शनहरु भए। चौतर्फी दबाबपछि सरकारले राजा महेन्द्रको पञ्चायतकालीन शासनदेखि भारतको नियन्त्रणमा रहँदै आएको भूभागलाई फिर्ता लिन र नेपाली भूमिको रक्षा गर्न कदमहरु चालेको हो।

भारतले बाटो बनाउन लागेपछि कुटनीतिक नोट पठाएर विरोध गरेको नेपाल सरकारले पूर्वाधार निर्माण नहुँदै कालापानी क्षेत्र नजिकै दार्चुलाको व्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट स्थापना गर्‍यो। प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र खटायो। नेपाल प्रहरी पनि हेलिकोप्टरबाट पठायो।

प्रकाशित मिति: : 2020-05-21 08:05:05

प्रतिकृया दिनुहोस्