विराटनगरमा घरभित्रै गाडेको अवस्थामा शव भेटिएको छ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको शव घरभित्र गाडिएको अवस्थामा बुधबार साँझ भेटिएको हो ।
प्रहरीका अनुसार सत्यनारायणको घरमा उनी र उनका २९ वर्षका छोरा बस्दै आएका थिए । कान्छा छोरा नगेन्द्र चौहान विराटनगर बजारमा बस्थे।
चार दिनयता सत्यनारायणले कान्छा छोराको फोन उठाएका थिएनन् । त्यसपछि बुधबार उनी आउँदा घर खुल्ला थियो ।
भित्र खनेको माटो देखिएको थियो । शंकास्पद लागेपछि छोराले इलाका प्रहरी कार्यालय रानीमा खबर गरेका थिए ।
प्रहरी आएर हेर्दा गाडेको अवस्थामा शव भेटिएको लाका प्रहरी कार्यालय रानीका इञ्चार्ज प्रहरी निरीक्षक दीपक थापाले बताए। प्रहरीले शव उत्खनन गरिरहेको छ।