वर्षौदेखि राज्यको उपेक्षामा परेको नरैनापुरमा कोरोनाको कहर

देशसञ्चार

नेपालगञ्ज

कुमार श्रेष्ठ 

वर्षौसम्म बघौडाको नामले चिनियो बाँकेको नरैनापुर। विकासको दृष्टिले हेर्दा यसलाई बाँकेको ‘कर्णाली’ भनिन्थ्यो, अझै भनिन्छ।

जिल्लाको दक्षिण पूर्वी यो पालिकामा न विजुली छ, न त राम्रो शिक्षा र स्वास्थ्य। हुलाकी सडकको देन भनौँ, बाटोसम्म राम्रो बन्दैछ। नेपालगञ्जदेखि ४४ किलोमिटर (अन्तिम बिन्दु) मा ६ वटा गाविस मिलेर बनेको यो पालिका सधैंको उपेक्षित थियो भन्दा फरक पर्दैन।

नेपालगञ्जमा आइपुग्ने केन्द्रका ठूला नेता हुन् वा जिल्लाकै नेता, उनीहरुले विकासमा पछि परेको र अब उठाउनु पर्छ भनेर नाम लिने यही पालिकाको हो। सधैं विकासमा पछि परेको भनेर सम्बोधन हुने नरैनापुर यतिबेला कोरोनाको ‘हटस्पट’ भनेर चर्चामा आएको छ।

प्रकाशित मिति: : 2020-05-20 20:17:28

प्रतिकृया दिनुहोस्