कोरोना आशंकामा एक युवक सेती अस्पतालमा भर्ना भएका छन्।
बैतडी जिल्लाको सिगास गाउँपालिका ३ का २१ वर्षीय युवकलाई आइसोलेसनमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बिएल नेपाली सेवालाई बताए।
दुई दिनदेखि ज्वरो आएको र घाटीमा समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको उनले बताए।
सेती प्रादेशिक अस्तालबाट अहिलेसम्म पाँच जना संक्रमित सहित ५७ जना डिस्चार्ज भइसकेका छन्।