मंगलबार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका पुरुष काठमाडौं महानगरपालिकाको गाडी चालक भएको खुलेको छ।
संक्रमित व्यक्ति वडा नम्बर ५ का बासिन्दा भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।
उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ। संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको प्रजापतिले जानकारी दिए।