बेलायत  र ब्राजिलमा कोरोना संक्रमणबाट ५७ हजार बढीकाे मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमणबाट बेलायत  र ब्राजिलमा ५७ हजार बढीकाे मृत्यु भएकाे छ।  बेलयतमा मात्रै ४० हजारभन्दा बढीको मृत्यु भएको छ।

बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करिब १० हजार जनाको स्याहार केन्द्रहरूमा मृत्यु भएको छ।

बेलायतमा यही मे ८ गतेसम्ममा ४० हजार ९०२ व्यक्तिको मृत्यु भएको र यो सङ्ख्यामा पछिल्ला आठ दिनको मृतक सङ्ख्या गणना गर्दा थप केही हजार व्यक्तिको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठन र वर्ल्डोमिटर्सले भने बेलायतमा मृत्यु हुनेको संख्या ३५ हजार हाराहारी रहेको जनाएका छन्। तर स्याहार केन्द्रमा भएको मृत्युलाई गणना गर्दा यो संख्या त्योभन्दा निकै माथि रहेको बताइएको छ।

 बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार ८१८ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सले उल्लेख गरेको छ।

यता ब्राजिलमा १७ हजारभन्दा बढीको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १७ हजार ९७१ पुगेको छ।

एकै दिन १६ हजार २६० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६२८ पुगेको छ।

१ लाख ४६ हजार ८६३ जनाको उपचार भइरहेको छ भने १ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त भएका छन्। उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ।

यस्तै रुसमा ३ लाख हाराहारी मानिस संक्रमित भएका छन्। एकै दिन ९ हजार २६३ जनामा संक्रमण देखिएको छ। योसँगै २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा ११५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ८३७ पुगेको छ।

२ लाख २० हजार ९७४ जनाको उपचार भइरहेको छ भने ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन्।
 

प्रकाशित मिति: : 2020-05-20 08:01:17

प्रतिकृया दिनुहोस्