नेतृत्व स्वप्नदर्शी हुनैपर्छ, तर सपना कार्यान्वयन गर्न सकिने नै हुनुपर्दछ

रातोपाटी

काठमाडौँ

नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षको बजेटलाई निर्देशित गर्नुपर्दछ। वर्षभरिका लागि सरकारको काम र समग्र राज्यप्रणालीलाई मार्गदर्शन गर्नुपर्दछ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालु भएपश्चात चरणबद्ध रूपमा ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्ने संकल्पका नीति तथा कार्यक्रम आउने गरेको छ। मैले यस पटक पनि त्यसैगरी आएको छ पाएको छु।

यो नीति तथा कार्यक्रम निर्वाचनका बेलामा ५ वर्षका लागि जनतासमक्ष गरिएको प्रतिवद्धताको चरणवद्ध कार्यान्वयनको संकल्प बोकेर आएको छ। आगामी आर्थिक वर्षमा के-के गर्ने भन्ने प्रतिवद्धतासहित आएको छ।

सपना नदेखी तस्बिर बनाउन सकिन्न। सपनासम्म पनि देख्न नसक्नेले विकास, निर्माण वा समृद्धिको अभियानलाई नेतृत्व गर्न सक्तैन। त्यसर्थ, नेतृत्व स्वप्नदर्शी हुनैपर्छ। हो, सपना कार्यान्वयन गर्न सकिने नै हुनुपर्दछ। सरकारको नीति तथा कार्यक्रम कोभिड- १९ले सिर्जना गरेको चुनौतीको सामना गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्ने सपना र संकल्पका साथ आएको छ। नीति तथा कार्यक्रमले आधारहीन सपना बाँडेको छैन, बरु यो स्पष्ट उद्देश्य, लक्ष्य, कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्त गर्ने अठोटका साथ आएको छ।

प्रकाशित मिति: : 2020-05-18 20:56:03

प्रतिकृया दिनुहोस्