संक्रमितलाई दैनिक चार टाइम खाना, धुम्रपान/मद्यपान गरे खतरा

थाहा खबर

काठमाडौँ

अतिन आचार्य
मुलुकभर ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। ३६ जना निको भएको र दुई जनाको मृत्यु भइसकेको छ। यतिखेर अधिकांश मुख्य सहरका कोभिडका बिरामी अस्पतालमा उपचार गराइरहेका छन्। संक्रमित सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरू बताउँछन्। कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा बसेका व्यक्तिहरूलाई रोगसँग लड्ने क्षमता अभिवृद्बि गराउनको लागि खानाको महत्वपूर्ण भूमिका हुन्छ।

यतिखेर संक्रिमतलाई अन्य समयको भन्दा विशेष पौष्टिक आहारा, भिटामिन,खाना ,सफा पानी  र शौचालयको राम्रो व्यवस्था हुनुपर्छ। कोरोना उपचार केन्द्रले संक्रमितलाई अस्पतालमा बनाएर र होटलबाट मगाउँदै खाना खुवाइरहेका छन्। चारदेखि पाँच जनाले एउटै शौचालय प्रयोग गर्ने गरेको पाइएको छ। अस्पतालमा पिपिई र अन्य स्वास्थ्य सामग्रीको अबस्था कमजोर रहेको छ। 
 

प्रकाशित मिति: : 2020-05-18 16:29:26

प्रतिकृया दिनुहोस्