बाँच्दा एम्बुलेन्स आएन, मरेपछि डोजरको बकेटमा लगेर गाडियो

कोरोना भाइरसबाट नेपालमा मृत्यु भएका दोस्रो व्यक्ति बाँकेको नरैनापुर गाउँपालिका-५ नयाँबस्तीका २५ वर्षीय युवकको शव डोजरमा बोकेर अन्तिम संस्कार गरिएको छ।

कोरोनाभाइरसको संक्रमणबाट आइतबार बिहान मृत्यु भएका ती युवकको शव राति साढे ९ बजेतिर राप्ती किनारमा लगेर गाडिएको हो।

शव व्यवस्थापन गर्न गएका ७ जना सबैले पिपिईलगायत सुरक्षित स्वास्थ्य सामग्री लगाएका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी शव व्यवस्थापन गर्न गएका थिए।

स्रोतका अनुसार कोरोनाभाइरसबाट कसैको ज्यान गए कसरी शव व्यवस्थापन गर्ने भनेर बाँकेमा टिम बनिसकेको थिएन।

भगवानपुरको क्वारेन्टिन खुल्ला ठाउँ र राप्ती नदीको किनारमा भएको हुँदा  डोजरबाटै उठाएर शव लैजान सजिलो भएको थियो।

‘अपर्झट ती युवाको मृत्यु भएपछि प्रक्रिया पूरा नगरी एउटा टिम बनाएर शव व्यवस्थापन गरिएको हो,’ स्रोतले भन्यो।

प्रकाशित मिति: : 2020-05-18 14:27:06

प्रतिकृया दिनुहोस्