६० इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

 प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ।

जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हाे।

प्रहरी प्रधान कार्यालय नक्सालले जारी गरेकाे सूची अनुसार बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली छन्।

यसैगरी इलाका प्रहरी कार्यालय चापाकोट स्याङजाका केदार राज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका जयराम कुईंकेल क्रमशः दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन्।

हेर्नुहाेस् सूची

प्रकाशित मिति: : 2020-05-18 09:37:25

प्रतिकृया दिनुहोस्